सिंहदरबारमा एमाले कार्यदलको बैठक बस्दै
काठमाडौं, जेठ ७ :सिंहदरबारमा नेकपा एमाले कार्यदलको बैठक बस्दैछ। बैठक अर्थ समितिको हलमा बस्न लागेको बताइएको छ । गएको २ जेठमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी...
काठमाडौं, जेठ ७ :सिंहदरबारमा नेकपा एमाले कार्यदलको बैठक बस्दैछ। बैठक अर्थ समितिको हलमा बस्न लागेको बताइएको छ ।
गएको २ जेठमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ र नेता माधवकुमार नेपालका तर्फबाट भीम रावलको नेतृत्वमा कार्यदल गठन भएको थियो । पार्टीलाई एकताबद्ध बनाउने प्रस्ताव ल्याउने कार्यदल गठन भएको थियो ।
यसअघि एकपटक कार्यदलको बैठक बसेको थियो । आज फेरी कार्यदल बैठक बस्न लागेको हो । पूर्वनिर्धारित कार्यदलको बैठक बस्न नेताहरु सिंहदरबारमा पुगेका छन् ।
प्रकाशित मिति: १५:४० बजे, शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











