Kathmandu Press

प्रधानमन्त्री ओलीको युरोप भ्रमणमा देउवाको टिप्पणी, ‘ह्वाइटहरूले सलाम गर्न मानेन् !’

काठमाडौं, असार ४ : प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको युरोप भ्रमण पूर्णरुपमा असफल भएको टिप्पणी गरेका छन्।

प्रधानमन्त्री ओलीको युरोप भ्रमणमा देउवाको टिप्पणी, ‘ह्वाइटहरूले सलाम गर्न मानेन् !’
काठमाडौं प्रेस

काठमाडौं, असार ४ : प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको युरोप भ्रमण पूर्णरुपमा असफल भएको टिप्पणी गरेका छन्।

आजको संसदमा विशेष समय लिएर बोल्दै उनले बेलायत भ्रमणमा बेलायती हवाईट सेनाले सलाम गर्न नमानी गोरखा सेनाबाट लिन परेको ब्यंग्यात्मक टिप्पणी गरे।

‘गोर्खा सेनाले गार्ड अफ अनर रे । ह्वाइटहरुले सलाम नै गर्न मानेन त के गर्ने!,’ देउवाले प्रधानमन्त्री ओलीलाई कटाक्ष गर्दै भने, ‘म पनि बेलायत भ्रमणमा गएको थिए। गार्ड अफ अनर दिएको थियो।’

उनले फ्रान्समा पनि कार्यकारी राष्ट्रपतिले भेट नै नदिएको र बेलायतमा कुनै सम्झौता नभएको भन्दै भ्रमण असफल भएको बताएका हुन्।

उनले प्राधनमन्त्री हुँदा बेलायत गएको र भूर्वू गोर्खा सैनिकको पेन्सन बढाउने सहमति गरेको स्मरण पनि गराए।  ‘अहिले त बेलायतसँग एउटा पनि सहमति भएको छैन’ देउवाले भने, ‘मैले त गोर्खा सेनाको पेन्सन बढाउने सहमति गरेको थिए ।’

उनले फ्रान्सको प्रशंग निकाल्दै प्रधानमन्त्री ओलीको भ्रमण असफल भएको बताए। फ्रान्समा कार्यकारी राष्ट्रप्रमुख राष्ट्रपति हुने उल्लेख गर्दै भने, ‘कार्यकारी व्यक्ति राष्ट्रपति हो। राष्ट्रपतिले भेटै दिएनछ।’

प्रकाशित मिति: १२:३८ बजे, बुधबार, असार ४, २०७६