Kathmandu Press

त्रिभुवन विमानस्थलमा बिहानैदेखि उडान-अवतरण ठप्प

काठमाडौं, माघ १३ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम भएपछि उडान-अवतरण ठप्प भएको छ ।

....
त्रिभुवन विमानस्थलमा बिहानैदेखि उडान-अवतरण ठप्प

काठमाडौं, माघ १३ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम भएपछि उडान-अवतरण ठप्प भएको छ ।

मौसममा आएको खराबीका कारण बिहानैदेखि कुनै पनि उडान हुन नसकेको विमानस्थलका प्रवक्ता प्रताव बाबू तिवारीले जानकारी दिए । “जहाजअनुसार भिजिबिलिटी आवश्यक पर्छ तर बिहानैदेखि भिजिबिलिटी एकदमै कम हुँदा समस्या आएको हो,” तिवारीले भने ।

अहिले भने डिपार्चर खुलेको र केही बेरमा उडान-अतवरण हुने तिवारीले जानकारी दिए । बिहानदेखि उडान-अवतरण नहुँदा अधिकांस जहाजहरुलाई 'डाइभर्ट' गरिएको विमानस्थलले जनाएको छ ।

प्रकाशित मिति: १०:१४ बजे, आइतबार, माघ १३, २०७५