Kathmandu Press

कोरोनासँग लड्न नेपाललाई अस्ट्रेलियाले ७० लाख डलर सहयोग गर्ने

काठमाडौं, जेठ ७ : अष्ट्रेलियाले नेपालमा बढ्दो कोरोना संक्रमण न्यूनीकरणको लागि ७० लाख डलर सहयोग गर्ने भएको छ।अष्ट्रेलियाको विदेश मन्त्रालयले विज्ञप्ति नै जारी...
कोरोनासँग लड्न नेपाललाई अस्ट्रेलियाले ७० लाख डलर सहयोग गर्ने

काठमाडौं, जेठ ७ : अष्ट्रेलियाले नेपालमा बढ्दो कोरोना संक्रमण न्यूनीकरणको लागि ७० लाख डलर सहयोग गर्ने भएको छ।

अष्ट्रेलियाको विदेश मन्त्रालयले विज्ञप्ति नै जारी गरी नेपाललाई कोरोना महामारी नियन्त्रणका लागि उपकरण खरिदका लागि ७० लाख डलर प्रदान गर्ने जनाएको छ । उक्त सहयोग राष्ट्रसंघ र एनजीओमार्फत प्रदान गर्ने जनाइएको छ। अष्ट्रेलियाले बंगलादेशलाई ५० लाख र श्रीलंकालाई ५५ लाख डलर सहयोग गर्ने घोषणा पनि गरेको छ।

अष्ट्रेलियाकी विदेशमन्त्री मेराइज पेनले अष्ट्रेलियाको सहयोग प्रत्यक्ष रुपमा सबैभन्दा धेरै आवश्यक परेका मुलुकलाई जाने बताइन्। अष्ट्रेलियामा रहेका नेपाली, बंगलादेशी र श्रीलंकालीहरूले आफ्ना देशमा रहेका परिवार र साथीहरुको चिन्ता गरिरहेको  उनको भनाइ छ।

प्रकाशित मिति: १४:०३ बजे, शुक्रबार, जेठ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्