संसद चलेको बेला बाहिरबाट विधेयक फिर्ता लिन मिल्दैन : देउवा
काठमाडौं, असार ४ : कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले संसद चलिरहेको बेला बाहिरबाट विधेयक फिर्ता लिन नहुने बताएका छन्।
आज....
काठमाडौं, असार ४ : कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले संसद चलिरहेको बेला बाहिरबाट विधेयक फिर्ता लिन नहुने बताएका छन्।
आज प्रतिनिधिसभामा बोल्दै देउवाले सरकारले गलत काम गरेको जिकिर गरे। ‘संसद चलेको बेला, संसदमा भएको विधेयक बाहिरबाट फिर्ता लिन हुन्छ?’ देउवाले भने, ‘कहाँबाट संसदीय व्यवस्था हो।’
उनले संसद चलिरहेको बेला संसदमा दर्ता भएको विधेयक संसदबाटै फिर्ता लिनु पर्ने बताए।
गुठी विधेयकको विरोध भएपछि भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले प्रेस विज्ञप्ती जारी गरी फिर्ता लिएको घोषणा गरेकी थिइन्। त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो पत्रकार सम्मेलन गरी गुठी विधेयक फिर्ता लिएको बताएका थिए।
उनले हिजो संसदमा बोल्न नपाएको पनि विरोध जनाए। ‘गिरिजाप्रसाद कोइराला संसदमा बोल्न नदिएर, त्यहीबाट लड्नु भाहो। ४८ दिनसम्म संसद अवरुद्ध गर्नु भाहो। हामीले त्यस्तो गरेको छैनन नि’ देउवाले भने।
‘कहिँ पनि प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता संसदमा आउनु पर्छ, विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री पनि संसदमा आउनै पर्छ,’ देउवाले भने। यो परम्परालाई तोडिएको उनको भनाइ थियो। आज प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दलका नेता देउवा बोल्दा प्रधानमन्त्री ओली उपस्थित थिएनन्।
उनले मिडिया विधेयकको पनि विरोध गरे। ‘मिडियामाथिको आक्रमण भनेको प्रजातन्त्रमाथिको आक्रमण हो,’ देउवाले भने। मिडिया विधेकय पास हुन नदिने उनको भनाइ थियो।
उनले प्रधानमन्त्री ओलीको युरोप भ्रमण असफल भएको बताए। फ्रान्सका राष्ट्रपतिलाई भेट्न नपाएको, बेलायतको महारानीलाई भेट्न नपाएको जिकिर गरे।
उनले सुरक्षा परिषद्सम्बन्धी विधेयकको पनि विरोध गरेका छन्। प्रधानमन्त्रीले मात्रै सेना परिचालन गर्नु खोज्नु गलत भएको बताएका छन्। प्रधानमन्त्री एक्लैले सेना परिचलान गर्न खोज्नु गृहमन्त्री, मुख्यसचिव तथा प्रधानसेनापतिमाथिको अविश्वसा भएको जिकिर गरेका छन्।











