Kathmandu Press

एमाले प्रतिपक्षमा बस्न तयार छ : पूर्वमन्त्री बस्नेत

काठमाडौं, जेठ ७ : प्रतिनिधिसभाका सांसद एवम् पूर्वमन्त्री महेश बस्नेतले नेकपा एमाले प्रतिपक्षमा बस्न तयार रहेको बताएका छन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी सरकार गठनका...
एमाले प्रतिपक्षमा बस्न तयार छ : पूर्वमन्त्री बस्नेत

काठमाडौं, जेठ ७ : प्रतिनिधिसभाका सांसद एवम् पूर्वमन्त्री महेश बस्नेतले नेकपा एमाले प्रतिपक्षमा बस्न तयार रहेको बताएका छन्। 

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी सरकार गठनका लागि आज अपरान्ह ५ः०० बजेसम्म संसद्मा बहुमत पु¥याउन सक्ने कुनै पनि दललाई प्रधानमन्त्रीको दाबी गर्न आह्वान गरेपछि बस्नेतले आज सञ्चारकर्मीसँग यस्तो प्रतिक्रिया दिएका हुन्।

एमालेका केन्द्रीय सदस्यसमेत रहेका सांसद बस्नेतले राष्ट्रपति र प्रधानमन्त्रीलाई विभिन्न आक्षेप तथा भ्रमपूर्ण टिप्पणी गर्नुभन्दा बहुमत सिद्ध गर्दै सरकारको नेतृत्व गर्न विपक्षी दललाई आग्रह गरका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको ७६ धारा (९) अनुसार विश्वासको मत लिन नसक्ने जानकारी मन्त्रीपरिषद्बाट नै निर्णय गराई राष्ट्रपतिलाई जानकारी गराएपछि राष्ट्रपतिले संविधानको ७६ (५) बमोजिम सरकार गठन गर्न आह्वान गरेको भन्दै उनले विपक्षी दलले बहुमतसिद्ध गरेर सरकारको नेतृत्व गरे एमाले प्रतिपक्षमा बस्न तयार रहेको बताए।

सांसद बस्नेतले भने, ‘सरकार र राष्ट्रपतिले संवैधानिक व्यवस्थाअनुसार नै सरकार गठनको आह्वान गर्नु भएको हो, यसलाई बंग्याएर भ्रम फैलाउने, गाली गलौच गर्ने गर्नुभन्दा बहुमत सिद्ध गरेर सरकारको नेतृत्व गरे भइगयो, एमाले प्रतिपक्षमा बस्न तयार छ ।’

कांग्रेस, माओवादीलगायतका दलले बहुमत पु¥याएमा आफू प्रतिपक्षमा बस्न कुनै समस्या नहुने भन्दै सांसद बस्नेततले ओली नेतृत्व सरकारको विरुद्धमा मरिहत्ते गरेर लाग्ने पार्टीलाई विभाजन, फ्लोर क्रस, पार्टीको ह्विपविरुद्ध मतदान गर्ने तथा गर्न लगाउनेजस्ता गैरलोकतान्त्रिक गतिविधिको नेतृत्व कांग्रेस र माओवादीले गरेको आरोप लगाए। 
 

प्रकाशित मिति: १३:०४ बजे, शुक्रबार, जेठ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्