Kathmandu Press

भारतमा कोरोना संक्रमितको संख्या दुई करोड बढी 

नयाँ दिल्ली, जेठ ७ :  भारतमा कोरोना भाइरसका संक्रमितको संख्या दुई करोड भन्दा बढी पुगेको छ। भारतमा शुत्रबार मात्रै दुई लाख ५९ हजार पाँच...
भारतमा कोरोना संक्रमितको संख्या दुई करोड बढी 

नयाँ दिल्ली, जेठ ७ :  भारतमा कोरोना भाइरसका संक्रमितको संख्या दुई करोड भन्दा बढी पुगेको छ। 

भारतमा शुत्रबार मात्रै दुई लाख ५९ हजार पाँच सय ५१ कोरोना भाइरसको नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्या दुई करोड भन्दा बढी पुगेको हो। 

भारतमा गत सोमबारयता दश लाख कोरोना संक्रमित थपिएको भारतीय स्वास्थ्य मन्त्रालयले बताएको छ। 

भारतीय स्वास्थ्य मन्त्रालयका अनसार शुक्रबार कोरोना संक्रमणका कारण चार हजार दुई सय नौ जनाको मृत्यु भएको छ। 

गत जनवरी १६ बाट कोरोना भाइरस विरद्धको खोप अभियान शुरु भएपछि १९ करोड १८ लाखलाई खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

भारतमा हालसम्म, कोरोना भाइरस संक्रमितको संख्या दुई करोड ६० लाख ३१ हजार नौ सय ९१ जना छ भने मृत्यु हुनेको संख्या दुई लाख ९१ हजार तीन सय ६५ जना छ । त्यस्तै, निको हुनेको संख्या दुई करोड २७ लाख १२ हजार सात सय ३५ जना रहेको छ । 

प्रकाशित मिति: १२:५३ बजे, शुक्रबार, जेठ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्