माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक
काठमाडौं, जेठ ७ : नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ। पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो।राष्ट्रपति विद्यादेवी भण्डारीले...
काठमाडौं, जेठ ७ : नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ। पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् ।
बिहीबारको राजनीतिक घटनाक्रम र भावी रणनीति बनाउन बैठक बोलाएको बताइएको छ । बैठक अघि अध्यक्ष पुष्पकमल दाहालले अन्य दलका नेताहरुसँग पनि छलफल गर्नेछन् ।
प्रकाशित मिति: १२:३५ बजे, शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











