Kathmandu Press

देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठमा

काठमाडौं, जेठ ७ : राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्मको समय दिएपछि अहिले दलहरू दौडधुपमा लागेका छन्।माओवादी केन्द्रका...
देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठमा

काठमाडौं, जेठ ७ : राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्मको समय दिएपछि अहिले दलहरू दौडधुपमा लागेका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् । उनीसँग नेता नारायणकाजी श्रेष्ठ पनि पुगेका छन् ।
त्यसअघि बूढानीलकण्ठस्थित देउवा निवासमा बसेको कांग्रेस पदाधिकारी बैठकले सम्भावित सबै विकल्पमा दलहरूसँग छलफल गर्ने निर्णय गरेको थियो ।

आज (शुक्रबार) बिहानै जनता समाजवादी दल (जसपा) अध्यक्ष महन्थ ठाकुर आफू पक्षीय सांसदहरुसँग छलफल गरे ।
 

प्रकाशित मिति: ११:५१ बजे, शुक्रबार, जेठ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्