Kathmandu Press

कोरोनाबाट माओवादी केन्द्रकी प्रदेश कमिटी सदस्यको निधन

बुटवल, जेठ ७ : कोरोनाका  कारण  नेपाल  कम्युनिष्ट पार्टी (माओवादी  केन्द्र)को  लुम्बिनी प्रदेश कमिटी सदस्य हरिहरा घर्तीमगरको निधन भएको छ । घर्तीको आज बिहान...
कोरोनाबाट माओवादी केन्द्रकी प्रदेश कमिटी सदस्यको निधन

बुटवल, जेठ ७ : कोरोनाका  कारण  नेपाल  कम्युनिष्ट पार्टी (माओवादी  केन्द्र)को  लुम्बिनी प्रदेश कमिटी सदस्य हरिहरा घर्तीमगरको निधन भएको छ । घर्तीको आज बिहान ५ बजे दाङ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा निधन भएको हो।

माडी गाउँपालिका–५ भावाङ स्थायी ठेगाना भई घर्तीगाउँ बजारमा अल्लो व्यवसाय गर्दै आएकी घर्ती कृषि सहकारीलगायत सङ्घसंस्थामार्फत सामाजिक सेवामा पनि आबद्ध थ्रिइन्। कोरोना सङ्क्रमणपछि उनलाई गत जेष्ठ ४ गते रोल्पा अस्पतालमा भर्ना गरिएको थियो। रोल्पा अस्पतालमा उपचार सम्भव नभएपछि जेठ ६ गते दाङ बेलझुण्डीस्थित कोरोना अस्पतालमा सिफारिश गरिएको  थियो। बेलझुण्डी कोरोना विशेष अस्पतालमा उपचाररत घर्तीको आज बिहान ५ बजे मृत्यु भएको माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य मानसिंह विकले जानकारी दिए।

कोरोनाको दोस्रो लहरसँगै रोल्पामा मृत्यु हुने घर्ती हालसम्मकै उच्च तहको राजनीतिक नेतृ हुन्। यससँगै रोल्पामा कोरोनाको दोस्रो लहरबाट १० जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रशासन कार्यालय रोल्पाले दिएको जानकारीअनुसार जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५३८ रहेको छ । तीमध्ये ८३ जिल्लाभित्र रहेका विभिन्न आइसोलेशनमा रहेका छन् भने ४५० जना होमआइसोलेशनमा रहेका छन् । सङ्क्रमितमध्ये ६५ निको भइसकेका छन् । जिल्लामा आइसीयू  र भेन्टिलेटरको व्यवस्था भने हालसम्म हुनसकेको छैन । जिल्ला अस्पतालका साथै सबै स्थानीय तहहरुले आइसोलेशन स्थापना गरे पनि अक्सिजन सिलिण्डरको समस्या देखिँदै आएको छ। रासस
 

प्रकाशित मिति: १०:२१ बजे, शुक्रबार, जेठ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्