Kathmandu Press

खोपका लागि पहल भइरहेको छ : मन्त्री राई

विराटनगर, जेठ ७ : प्रदेश नं १ को सामाजिक विकासमन्त्री उषाकला राईले कोभिड–१९ विरुद्धको खोप ल्याउनका लागि पहल भइरहेको बताएकी छन्। उनले प्रदेशमा चाँडोभन्दा...
खोपका लागि पहल भइरहेको छ : मन्त्री राई

विराटनगर, जेठ ७ : प्रदेश नं १ को सामाजिक विकासमन्त्री उषाकला राईले कोभिड–१९ विरुद्धको खोप ल्याउनका लागि पहल भइरहेको बताएकी छन्। उनले प्रदेशमा चाँडोभन्दा चाँडो खोप ल्याउने प्रतिबद्धता व्यक्त गरिन्।

प्याब्सन, हिसान र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका प्रतिनिधिसँग बिहीबार भएको छलफलका क्रममा मन्त्री राईले कोरोना सङ्क्रमणसँग जुध्दै वैकल्पिक विधिबाट शैक्षिक गतिविधि सञ्चालन गर्नुपर्ने बताइन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन)का केन्द्रीय अध्यक्ष टीकाराम पुरीले प्रदेश सरकारले शिक्षकका लागि खोपको व्यवस्था गर्न माग गरे। वैकल्पिक विधिबाट शिक्षालाई अगाडि बढाउने भन्दै उनले भने, ‘सधैँ विद्यालय बन्द गरेर राख्ने अवस्था हुँदैन ।’

हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल र मोरङ अध्यक्ष राजेश कार्कीले प्रदेश सरकारले स्वास्थ्यमा केन्द्रित गरेर कार्यक्रम अघि बढाउन आवश्यक रहेकामा जोड दिए। उनीहरूले खोपलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन केन्द्रीय सदस्य तथा सत्यनारायण माविका प्रधानाध्यापक धर्मानन्द खरेलले प्रदेश सरकारले गत आर्थिक वर्षमा सञ्चालन गरेका राम्रा कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे। पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेकाले उनले भौतिक पूर्वाधारमा पनि प्रदेश सरकारले ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।
 

प्रकाशित मिति: ०९:४६ बजे, शुक्रबार, जेठ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्