Kathmandu Press

गुठी विधेयक फिर्ता भएपनि माइतीघर मण्डलमा प्रदर्शन गरिँदै

काठमाडौं, असार ४ : सरकारले गुठी विधेयक फिर्ता लिएको भएपनि खबरदारी गर्न आज पनि माइतीघर मण्डलमा प्रदर्शन गरिने भएको छ।

गुठी विधेयक प्रतिरोध सं....

गुठी विधेयक फिर्ता भएपनि माइतीघर मण्डलमा प्रदर्शन गरिँदै
फाइल फोटो

काठमाडौं, असार ४ : सरकारले गुठी विधेयक फिर्ता लिएको भएपनि खबरदारी गर्न आज पनि माइतीघर मण्डलमा प्रदर्शन गरिने भएको छ।

गुठी विधेयक प्रतिरोध संयुक्त कार्यक्रमको आयोजनामा केहीबेरमा माइतीघर मण्डलमा प्रदर्शन गरिन लागेको हो। संयुक्त प्रतिरोध कार्यक्रमका संयोजक डा.महेशमान श्रेष्ठले गुठी विधेयक फिर्ता हुन आंशिक सफलता भएको बताएका छन्।

गुठी परम्परा र सम्पदामा सरोकारवालाको स्वामित्व, अधिकार र सहभागिताका लागि निरन्तर खबरदारी जुरुरी रहेकाले प्रदर्शन गर्न लागिएको उनले बताए।

हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरी गुठी विधेयकका विरुद्ध आन्दोलन गर्नेहरू ‘हरेउ’ भएको बताएका थिए। उनले गतल तत्वहरू खेलिरहेको आरोप लगाएका थिए।

त्यस्तै, हिजो नै भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले प्रेस विज्ञप्ती जारी गरी गुठी विधेयक फिर्ता लिने निर्णय गरेको जनाएकी थिइन्।

प्रधानमन्त्री ओलीले प्रयोग गरेको भाषा मर्यादित नभएको संयुक्त प्रतिरोध कार्यक्रमका संयोजक डा.मास्केले बताएका छन्। निरन्तर खबरदारी गरिराख्ने जनाएको छ।

त्यही कार्यक्रमअनुसार, आज माइतीघर मण्डलमा प्रदर्शन गर्न लागिएको हो।

 

प्रकाशित मिति: १०:४० बजे, बुधबार, असार ४, २०७६