Kathmandu Press

कर्णाली प्रदेश अस्पताल संघ मातहत जाँदैन : मुख्यमन्त्री शाही

सुर्खेत, जेठ ७ : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णली प्रदेश अस्पताल सुर्खेतलाई संघ मातहत जान नदिइने बताएका छन्। प्रदेश सरकारअन्तर्गतको प्रदेश अस्पताललाई संघीय...
कर्णाली प्रदेश अस्पताल संघ मातहत जाँदैन : मुख्यमन्त्री शाही

सुर्खेत, जेठ ७ : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णली प्रदेश अस्पताल सुर्खेतलाई संघ मातहत जान नदिइने बताएका छन्। 

प्रदेश सरकारअन्तर्गतको प्रदेश अस्पताललाई संघीय सरकार मातहत लैजाने भनी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएको समाचारले प्रदेश सरकारको ध्यानाकर्षण भएको बताउँदै उनले भने, ‘यो संघीय सरकारको निर्णय होइन, यदि त्यसो हो भने त्यो अपरिपक्व निर्णय हो।’

मुख्यमन्त्री शाहीले अगाडि भने, ‘संघीय सरकार मातहत हुँदाको क्षेत्रीय अस्पताल सुर्खेतमा वार्षिक दुई करोड बजेट र ८३ जना जनशक्ति थियो। त्यसलाई प्रदेश अस्पतालमा स्थापना गरेपश्चात् अहिले स्वीकृत दरबन्दी ३२५ पुर्या‍इएको छ। अस्पतालको क्षमता विस्तार गरी ३०० बेड बनाइएको छ भने हालसम्म करीब रु दुई अर्ब बजेट लगानी गरिएको छ तर व्यवस्थापन प्रभावकारी बनाउनुपर्नेछ ।” 

प्रदेशवासी र सरकारले चन्दा उठाएर भए पनि प्रदेश अस्पताल सञ्चालन गर्ने र राजनीतिक पूर्वाग्रही ढंगले लहडमा गरेको निर्णय मान्य नहुने उनको भनाइ थियो। 

प्रकाशित मिति: ०८:०२ बजे, शुक्रबार, जेठ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्