Kathmandu Press

राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको खिल्ली उडाए : कांग्रेस नेता लेखक 

काठमाडौं, जेठ ६ : नेपाली कांग्रेसका नेता रमेश लेखकले राष्ट्रपति र प्रधानमन्त्री मिलेर पुनः एकपटक संविधानको खिल्ली उडाएको बताएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले...
राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको खिल्ली उडाए : कांग्रेस नेता लेखक 

काठमाडौं, जेठ ६ : नेपाली कांग्रेसका नेता रमेश लेखकले राष्ट्रपति र प्रधानमन्त्री मिलेर पुनः एकपटक संविधानको खिल्ली उडाएको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अन्तर्गत् प्रधानमन्त्रीका लागि दाबी पेश गर्न प्रतिनिधिसभा सदस्यहरूलाई आह्वान गरेपछि प्रधानमन्त्री विश्वासको मतका लागि संसदमा नगई र राजीनामा पनि नगरी धारा ७६ (५) को प्रक्रिया हुन नसक्ने उनले बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत यो काम अलोकतान्त्रिक, असंवैधानिक र अनैतिक भएको भन्दै यसरी संविधानमाथी गरिरहेको अपराधका लागि राष्ट्रपति र प्रधानमन्त्रीले इतिहासमा जवाफ दिनुपर्ने तर्क गरेका छन् । 

प्रकाशित मिति: २१:५१ बजे, बिहीबार, जेठ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्