Kathmandu Press

श्रमजीवी पत्रकारलाई जागिरबाट नहटाउन समितिको आग्रह

काठमाडौं, जेठ ६ : न्यूनतम पारिश्रमिक निर्धारण समितिले कोभिड–१९ महामारीको नाममा कतिपय सञ्चार प्रतिष्ठानबाट कार्यरत सञ्चारकर्मीलाई जागिरबाट निकाल्ने, बेतलवी बिदा लिन दबाब दिने...
श्रमजीवी पत्रकारलाई जागिरबाट नहटाउन समितिको आग्रह

काठमाडौं, जेठ ६ : न्यूनतम पारिश्रमिक निर्धारण समितिले कोभिड–१९ महामारीको नाममा कतिपय सञ्चार प्रतिष्ठानबाट कार्यरत सञ्चारकर्मीलाई जागिरबाट निकाल्ने, बेतलवी बिदा लिन दबाब दिने र अपायक सरुवा गर्नेजस्ता कार्यहरु भइरहेको जनाउँदै ध्यानाकर्षण भएको जनाएको छ ।

समितिका अध्यक्ष राजेन्द्र अर्यालको अध्यक्षतामा आज सम्पन्न सञ्चालक समितिको भर्चुअल बैठकले त्यस्ता कार्य रोकेर सञ्चारकर्मीको पेशागत सुरक्षा गर्न सम्बन्धित पक्षलाई आव्हान गरेको छ । निषेधाज्ञा जारी हुनु अघि पनि सञ्चारकर्मीले न्यूनतम् पारिश्रमिक नपाएका गुनासा र उजुरी आएकाले तत्काल पारिश्रमिक उपलब्ध गराउन समितिले सञ्चार प्रतिष्ठानलाई आग्रह गरेको छ ।

कोभिड–१९ को दोस्रो लहरपछि श्रमजीवी पत्रकार तथा कर्मचारीमाथि परेको असरका विषयमा छलफल गर्दै बैठकले कोभिड सङ्क्रमणका कारण उपचारत सञ्चारकर्मीलाई तत्काल उपचार खर्च उपलब्ध गराउन सरकार तथा सबै स्वास्थ्य संस्थासँग आग्रह गरेको राजेन्द्र अर्यालले बताए।

आफ्नो ज्यानलाई जोखिममा राखेर अग्रमोर्चामा रही काम गरिरहेका सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन समितिले आग्रह गरेको छ । (रासस) 

प्रकाशित मिति: २०:२६ बजे, बिहीबार, जेठ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्