Kathmandu Press

कांग्रेस नेता पौडलेको सक्रियतामा नागार्जुनमा निःशुल्क आइसोलेसन सेन्टर निर्माण 

काठमाडौं, जेठ ६ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको सक्रियतामा राजधानीको नागार्जुनमा तीन सय जनासम्म क्षमताको निःशुल्क आइसोलेसन सेन्टर निर्माण गरिएको छ...
कांग्रेस नेता पौडलेको सक्रियतामा नागार्जुनमा निःशुल्क आइसोलेसन सेन्टर निर्माण 

काठमाडौं, जेठ ६ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको सक्रियतामा राजधानीको नागार्जुनमा तीन सय जनासम्म क्षमताको निःशुल्क आइसोलेसन सेन्टर निर्माण गरिएको छ ।

पौडेलको सक्रियतामा राजधानीको नागार्जुन नगरपालिका वडा नं १ मा रहेको एक सरकारी भवनमा (उपयोगमा नभएको)  तीन सय जना संक्रमितलाई राख्ने क्षमतासहितको आइसोलेसन सेन्टर शुक्रबारदेखि सञ्चालनमा आउन लागेको हो । आइसोलेसनमा अक्सिजनसहित, २४ सै घण्टा डाक्टर र नर्सको निःशुल्क व्यबस्था गरिनुका साथै संक्रमितलाई आइसोलेसनमा ल्याउनका लागि एक एम्बुलेन्सको पनि व्यबस्था गरिएको छ ।

महामारीको बेलामा उपयोगमा नआएका यस्ता सरकारी भवनहरुलाई उपयोग गरेर नागरिकहरुको स्वास्थ्यमा केहि हदसम्म भएपनि टेवा पुर्याउनुपर्ने उनले बताए । यस आइसोलेसन कक्षमा कोरोना पोजेटिभ देखिएका र अक्सिजन लिनुपर्ने सामान्य बिरामीलाई मात्र लक्षित गरिएको उनको भनाइ छ । उनले भने,   “यसमा धेरै जटिल प्रकारका बिरामी राख्ने होईन्, सामान्य असहज भएका र आइसोलेसन चाहिनेका लागि हो । ”

आइसोलेसन सर्वांग अस्पतालले प्राविधिक तथा नेपाल चार्टड एकाउण्ट एसोसिएसनको सहकार्यमा निर्माण गरिएको र नागार्जुन नगरपालिकाले पनि उल्लेखनीय सहयोग गरेको नेता पौडेलले जानकारी दिए । उनले आइसियू चाहिने जटिल प्रकारका बिरामीका लागि आइसियू नहुँदा ज्यान गुमाउनुपरेको र केहि सामान्य संक्रमितले आइसियू प्रयोग गरिरहेको भन्दै त्यसो नगर्न सबैमा अपिल समेत गरे ।

यसअघि कोरोनाको पहिलो लहरका बेला पौडेलले कोरोना संक्रमित गम्भीर बिरामीका लागि आवश्यक पर्ने प्लाज्मा थेरापीलाई सहज बनाउनका लागि निर्माण गरेको एप निकै प्रभावकारी बनिरहेको छ ।

पौडेलले यसअघि भूकम्प प्रभावित र नाकाबन्दीका बेलामा पनि नागरिकहरुका लागि विभिन्न सहयोगात्मक कार्यहरु गरेका थिए ।  

प्रकाशित मिति: २०:१६ बजे, बिहीबार, जेठ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्