Kathmandu Press

कोरोना सङ्क्रमण निको हुने दर ७५.१ प्रतिशत

काठमाडौं, जेठ ६ : पछिल्लो २४ घण्टामा आठ हजार ३०५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पिसिआर...
कोरोना सङ्क्रमण निको हुने दर ७५.१ प्रतिशत

काठमाडौं, जेठ ६ : पछिल्लो २४ घण्टामा आठ हजार ३०५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पिसिआर र एन्टिजेन बिधिबाट कूल २२ हजार ८७ मा गरिएको परीक्षणमा उक्त सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन् । मन्त्रालयको विवरणअनुसार २१ हजार ६९५ पिसिआर परीक्षण गरिएको थियो भने ३९२ एन्टिजेन परीक्षण गरिएको थियो ।  छ हजार ५४३ जना भने निको भएका छन् । 

नेपाली सेनाले विभिन्न मितिमा गरेको शव व्यवस्थापनसहित १९० को  निधन भएको छ । आजको विवरणसहित हालसम्म कूल पाँच हजार ८४७ को निधन भएको छ । कूल चार लाख ८८ हजार ६४५ कोरोना पोजेटिभ हुँदा तीन लाख ६६ हजार ९४६ जना भने निको भएका छन् । यस आधारमा निको हुने दर ७५.१ प्रतिशत रहेको छ । कोरोनाको दोस्रो लहरपछि कोरोना पोजेटिभ हुनेको सङ्ख्या एक लाख १५ हजार ८५२ पुगेको मन्त्रालयले जनाएको छ । 

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा सक्रिय सङ्क्रमितको सङ्ख्या २४ हजार ३८९ रहेका छन् । कुल एक लाख ४६ हजार २८६  निको हुँदा एक हजार ३२६ जनाको निधन भएको छ । भक्तपुरमा चार हजार ७८३ सक्रिय सङ्क्रमित छन् भने १२ हजार ४७३  निको भएका छन् । यस्तै २६२ को मृत्यु भएको  छ ।  ललितपुरमा छ हजार ८९५ सक्रिय सङ्क्रमित छन् भने २२ हजार १३ जना निको भएका छन् । सो जिल्लामा ३४७ को मृत्यु भएको छ ।

प्रकाशित मिति: १९:१६ बजे, बिहीबार, जेठ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्