गण्डकी प्रदेशमा थप २१ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, जेठ ६ : गण्डकी प्रदेशमा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार मृतकमध्ये ७ जना कास्कीका, ५ जना नवलपरासी पूर्वका, ४ जना स्याङजाका, २/२ जना गोरखा र बागलुङका तथा १ जना तनहुँका छन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७३ पुगेको छ ।
प्रकाशित मिति: १८:२५ बजे, बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












