Kathmandu Press

प्रतापपुर घटनाबारे विवरण पठाउन मानव अधिकार आयोगको पत्राचार

काठमाडौं, जेठ ६ : राष्ट्रिय मानव अधिकार आयोगले नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को नेपाल–भारत सीमानाका नजिकैको प्रतापपुरमा भएको घटनाको अनुगमन गरी विस्तृत विवरणका लागि नेपाल...
प्रतापपुर घटनाबारे विवरण पठाउन मानव अधिकार आयोगको पत्राचार

काठमाडौं, जेठ ६ : राष्ट्रिय मानव अधिकार आयोगले नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को नेपाल–भारत सीमानाका नजिकैको प्रतापपुरमा भएको घटनाको अनुगमन गरी विस्तृत विवरणका लागि नेपाल प्रहरीलाई पत्रचार गरेको  छ।

आयोगको लुम्बिनी प्रदेश कार्यालयले प्रतापपुर गाउँपालिका, ६ कठहवामा सशस्त्र प्रहरीको गोली लागि स्थानीय २२ वर्षीय अविनाश राय घाइते भएको र थप उपचारका लागि बुटवल लैजाने क्रममा मृत्यु भएको घटनाको अनुगमन गरी विवरण माग गरेको हो।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले उक्त घटनाको विस्तृत विवरण उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी २६ नं. गण नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) लाई आजै पत्राचार गरेको जनाए।

सीमानाका बन्द रहेको अवस्थामा सीमापार गर्न खोज्दा झडप भएको र सशस्त्र प्रहरीले गोली चलाउँदा स्थानीय अविनाश राय घाइते भएको र अस्पताल लैजाने क्रममा बाटैमा निजको मृत्यु भएको जानकारी आयोगलाई प्राप्त भएको जनाइएको छ। 

प्रकाशित मिति: १८:१६ बजे, बिहीबार, जेठ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्