स्वास्थ्यसम्बन्धी मौलिक हक उपभोग गर्ने व्यवस्था मिलाउन माग
काठमाडौं, जेठ ६ : नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए) ले कोभिड-१९ को महामारीले जनजीवन नै सङ्कटग्रस्त भइ सयौंले ज्यान गुमाउनु परेको अवस्थामा संविधानले...
काठमाडौं, जेठ ६ : नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए) ले कोभिड-१९ को महामारीले जनजीवन नै सङ्कटग्रस्त भइ सयौंले ज्यान गुमाउनु परेको अवस्थामा संविधानले प्रत्याभूत गरेको स्वास्थ्य सम्बन्धी हक र खाद्य सम्बन्धी हकलाई निर्वाध रुपमा उपभोगका लागि अविलम्ब व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
आज (बिहीबार) वक्तव्यमार्फत उक्त संस्थाले स्वास्थ्य संकटकाल घोषणा गरी आफ्नो सम्पूर्ण ध्यान कोरोना महामारीको रोकथाम, नियन्त्रण तथा उपचारमा केन्द्रित गर्न सकारसँग आग्रह गरेको छ।
डिएलएका महासचिव लक्ष्मी दाहाल रावलले सम्पूर्ण नागरिकलाई कोरोनाबिरुद्धको खोपको लागि यथाशिघ्र उचित व्यवस्था मिलाउन, अस्थायी अस्पतालको समेत निर्माण गरी कोरोना संक्रमितको उपचारको लागि व्यवस्था मिलाउन तथा अस्पतालमा अक्सिजन, भेन्टिलेटर, खोप तथा आवश्यक औषधीको सहजताको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहल गर्नुपर्नेमा जोड दिए।











