Kathmandu Press

कोरोना संक्रमित नमोबुद्धका नगरप्रमुखले हेटौंडा पुगेर गरे मतदान

काभ्रेपलाञ्चोक, जेठ ६ : नमोबुद्ध नगरपालिकाका नगर प्रमुख टीपी शर्मा तिमल्सिनाले आफू कोरोना संक्रमित हुँदाहुँदै पनि राष्ट्रिय सभाको सदस्यका लागि भएको उपनिर्वाचनमा हेटौंडा...
कोरोना संक्रमित नमोबुद्धका नगरप्रमुखले हेटौंडा पुगेर गरे मतदान

काभ्रेपलाञ्चोक, जेठ ६ : नमोबुद्ध नगरपालिकाका नगर प्रमुख टीपी शर्मा तिमल्सिनाले आफू कोरोना संक्रमित हुँदाहुँदै पनि राष्ट्रिय सभाको सदस्यका लागि भएको उपनिर्वाचनमा हेटौंडा पुगेर मत दिएका छन्।

गत मंगलबार पिसिआर परीक्षण गराएका नगरप्रमुख शर्माको बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो। पीसीआर रिपोर्ट पोजेटिभ आए पनि बिहीबार बिहानै हेटौंडा पुगेर उनले सुरक्षित रुपमा मतदान गरेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले दिएको जानकारीअनुसार स्वास्थ्य अवस्था सामान्य रहेकाले उनी होम आइसोलेसनमै रहनेछन्।

प्रकाशित मिति: १६:५९ बजे, बिहीबार, जेठ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्