आचारसंहिता उल्लंघन आरोपमा लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध उजुरी
बुटवल, जेठ ६ ः नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ। वाग्मती प्रदेशको रिक्त राष्ट्रिय सभामा आज हुने उपनिर्वाचनको...
बुटवल, जेठ ६ ः नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ।
वाग्मती प्रदेशको रिक्त राष्ट्रिय सभामा आज हुने उपनिर्वाचनको मौन अवधि मंगलबार राति १२ बजेदेखि सुरु भए पनि हिजो (बुधबार) एमाले उम्मेदवार रामबहादुर थापाको पक्षमा विज्ञप्ति जारी गरेरै मत मागेको भन्दै निर्वाचन आचारसंहिता उलंघन गरेकोले कारवाही गर्न माग गर्दै कांग्रेस लुम्बिनी प्रदेश सभा संसदीय दलको कार्यालयका स्वकीय सचिव सन्जिव बश्यालले आयोगमा निवेदन दिएका हुन्
‘मुख्यमन्त्री शंकर पोखरेलले फेसबुकमार्फत् मौन अवधिमा आफ्ना उम्मेदवारको पक्षमा मत माग्नु भएकोले निर्वाचन आचारसंहिताको उलंघन भएको छ,’ आयोगमा कांग्रेसले दर्ता गरेको पत्रमा उल्लेख छ।
कांग्रेसले निर्वाचन आचारसंहिताअनुसार मुख्यमन्त्री पोखरेललाई कारवाही गर्नसमेत माग गरेको छ।
प्रकाशित मिति: १६:४३ बजे, बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











