Kathmandu Press

युवती ‘मृत्यु’ प्रकरण : समता अस्पतालका सञ्चालक सञ्जेल दम्पती पक्राउ

काठमाडौं, असार ३ : काठमाडौंको कुमारीगालस्थित समता अस्पतालकी सफाइ कर्मचारी बिमला तामाङको मृत्युबारे छानबिन गरिरहेको प्रहरीले समता स्कुल एवम् अस्पत....

युवती ‘मृत्यु’ प्रकरण : समता अस्पतालका सञ्चालक सञ्जेल दम्पती पक्राउ

काठमाडौं, असार ३ : काठमाडौंको कुमारीगालस्थित समता अस्पतालकी सफाइ कर्मचारी बिमला तामाङको मृत्युबारे छानबिन गरिरहेको प्रहरीले समता स्कुल एवम् अस्पतालका संस्थापक उत्तम सञ्जेललाई नियन्त्रणमा लिई छानबिन अघि बढाएको छ।

प्रहरीले तामाङको साथमा भेटिएको ‘सुसाइड नोट’का आधारमा समता समूहका अध्यक्ष सञ्जेलसहित उनीकी पत्नी कला अधिकारी सञ्जेल र अरु दुई जनालाई नियन्त्रणमा लिएको हो। अस्पतालको बरण्डामा झुन्डिएको अवस्थामा हिजो मृत भेटिएपछि स्थानीयले यसबारे विषयमा निष्पक्ष छानविन हुनुपर्ने माग गरेका थिए। अस्पतालका संस्थापक सञ्जेलमाथि समेत अनुसन्धान गरिनुपर्ने माग गर्दै सर्वसाधारणले आज दिनभरि विरोध गरेका थिए।

सञ्जेल १०० रुपैयाँ शुल्क लिएर विद्यालय शिक्षा उपलब्ध गराउने अभियानका अगुवा हुन्। मृत भेटिएकी रामेछाप दोरम्बाकी कर्मचारी बिमला तामाङको घटना अनुसन्धान गरिरहेको प्रहरीले उनलाई पक्राउ गरेको हो। युवतीको आत्महत्या नभएर हत्या भएको भन्दै छानबिन गर्न स्थानीयले दबाब दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। 

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले सञ्जेल दम्पतीलाई सुरक्षा दिन नियन्त्रणमा लिइएको बताए। 

बिमलाले आत्महत्या गरेको नभई हत्या भएको स्थानीयबासीको दाबी छ। हत्या प्रकरणमा सञ्जेलमाथि कारवाही माग गर्दै विरोध प्रदर्शन गरेका छन्। सञ्जेललाई गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो नेतृत्वको व्यापारिक समूह तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यसहित केही वरिष्ठ सञ्चारकर्मीहरूसमेत साथ सहयोग रहँदै आएको छ। 

प्रकाशित मिति: १९:०३ बजे, मंगलबार, असार ३, २०७६