Kathmandu Press

नेपाली राजदूत अधिकारीले भेटे पाकिस्तानका अर्थमन्त्री खानलाई

पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले बिहीबार त्यहाँका अर्थमन्त्री ओमर अयुब खानसँग भेटवार्ता गरेका छन् ।
नेपाली राजदूत अधिकारीले भेटे पाकिस्तानका अर्थमन्त्री खानलाई

काठमाडौं, जेठ ६ : पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले बिहीबार त्यहाँका अर्थमन्त्री ओमर अयुब खानसँग भेटवार्ता गरेका छन् ।

भेटका अवसरमा दुई देशको सम्बन्धका आयामहरूबारे छलफल भएको थियो । नेपाल–पाकिस्तान संयुक्त आर्थिक आयोगबारे पनि छलफल भएको राजदूत अधिकारीले जानकारी दिए ।

यस्तै, दुवै मुलुकमा कोभिड-१९ महामारीको अवस्था तथा दुई देशबीच सहकार्यका नयाँ क्षेत्रहरूबारे पनि छलफल भएको उनले बताए ।
 

प्रकाशित मिति: १४:३३ बजे, बिहीबार, जेठ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्