Kathmandu Press

सङ्खुवासभाका ३४ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट

सङ्खुवासभा, जेठ ६ : सङ्खुवासभाका ३४ वटा सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौटमा परेका छन्। सामुदायिक विद्यालयको स्तरोन्नति गर्न सरकारले पहिलो पटक...
सङ्खुवासभाका ३४ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट

सङ्खुवासभा, जेठ ६ : सङ्खुवासभाका ३४ वटा सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौटमा परेका छन्। सामुदायिक विद्यालयको स्तरोन्नति गर्न सरकारले पहिलो पटक कार्यक्रम कार्यान्वयनमा ल्याएको थियो। 

जिल्लाका १० स्थानीय तहमध्ये ८ स्थानीय तहका विद्यालय सो कार्यक्रमको लागि छनौट भएका छन् । यसले विद्यालयको भौतिक, सूचना प्रविधि तथा अन्य क्षेत्रको विकास गर्ने छ । त्यसमा आठमध्ये पाँच वटा कार्यक्रम मात्र परेका छन् । जसमा कक्षाकोठा निमार्णतर्फ नौ लाख रुपैयाँ लागतमा खाँदबारी नगरपालिकाको २, चैनपुर नगरपलिका २, धर्मदेवी नगरपालिका  १, मादी नगरपालिका १, चिचीला गाउँपालिका १, मकालु गाउँपालिका १ र सभापोखरी गाउँपालिकामा १ विद्यालय छनौट भएका हन् । त्यस्तै खानेपानी सहितको शौचालय निर्माण तर्फ ७ लाख रुपैयाँ लागतमा पाँचखपनको १, कम्युटर ल्याब स्थापना तर्पm ६ लाख ५० हजार रुपैयाँ लागतमा खाँदबारीका ३, चैनपुरका २, धर्मदेवी १, पाँचखपन नगरपालिकामा ४, चिचिला २, मकालु  १ र सभापोखरी गाउँपालिकामा १ विद्यालय छनौट भएका हुन्।

पुस्तकालय तथा विज्ञान प्रयोगशाला तर्फ ६ लाख ५० हजार रुपैयाँ लागतमा चैनपुर नगरपालिकामा १, पाँचखपन नगरपालिकामा ३, विद्यालय र शिक्षामा नविन प्रर्वद्धन तर्फ ६ लाख ५० हजार रुपैयाँ लागतमा चैनपुर नगरपालिकामा २, धर्मदेवी नगरपालिकामा २ र सभापोेखरी गाउँपालिकामा  ६ वटा विद्यालय छनौटमा परेको शिक्षा विकास तथा समन्वय एकाइ सङ्खुवासभाका प्रमुख केशव भट्टराईले जानकारी दिए। छनौटमा परेका विद्यालयहरुमा चालु आर्थिक वर्षमा कार्यक्रम सम्पन्न गर्ने उद्धेश्यका साथ सम्वन्धित पालिकामा वजेट पठाउन थालिएको प्रमुख भट्टराईले बता्रए।

शैक्षिक सुधारका लागि विद्यालयले दिएको आवेदन स्थानीय तहले प्रमाणित गरेर शिक्षा विकास तथा सम्वन्वय एकाइमार्फत सङ्घीय सरकारलाई पठाएको र आवेदन पेश भएका जिल्लाका १० वटै स्थानीय तहका ४१२ विद्यालयमध्ये ८ वटा स्थानीय तहका ३४ विद्यालय छनौटमा परेको प्रमुख भट्टराईले बताए। छनौटमा परेको विद्यालयमध्ये सवैभन्दा बढी पाँचखपन नगरपालिका र सभापोखरी गाउँपालिकाको ८÷८ वटा त्यस्तै सवैभन्दा कम मादी नगरपालिकाको एउटा रहेका छन् । त्यस्तै खाँदबारी नगरपालिकाका ५, चैनपुर ७, धर्मदेवी ३, पाँचखपन नगरपालिका ८, मकालु गाउँपालिका २, मादी नगरपालिका १, सभापोखरी गाउँपालिकाका २ वटा विद्यालय छनौट भएका छन् । 

प्रकाशित मिति: १४:३१ बजे, बिहीबार, जेठ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्