Kathmandu Press

प्रधानमन्त्री ओलीद्वारा बेलायतसँग कोरोना खोप माग

काठमाडौं, जेठ ६ : पछिल्लो समय कोराना महामारीको दोस्रो लहरले सिंगो विश्वलाई नै आक्रान्त बनाएको छ। नेपाललाई प्राप्त भएको खोप सिद्धिने चरणमा छ...
प्रधानमन्त्री ओलीद्वारा बेलायतसँग कोरोना खोप माग

काठमाडौं, जेठ ६ : पछिल्लो समय कोराना महामारीको दोस्रो लहरले सिंगो विश्वलाई नै आक्रान्त बनाएको छ। नेपाललाई प्राप्त भएको खोप सिद्धिने चरणमा छ भने थप खोप आयात गर्ने भनिए पनि उपलब्ध हुने निश्चित भएको छैन।

एकपटक पनि खोप नलगाएकाहरू खोपको प्रतीक्षामा छन् भने भारतको सेरम कम्पनीले सम्झौता भइसकेको १० लाख डोज खोप पनि तत्काल उपलब्ध गराउने नदेखिएपछि ६५ वर्षभन्दामाथि उमेर समूहको दोस्रो डोज खोप दिने कार्यक्रम पनि प्रभावित हुने सम्भावना बढेको छ।

यसैबीच प्रधानमन्त्री केपी ओलीले बेलायतसँग कोरोना खोप सहयोग मागेका छन्। बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बेलायती राजदूत निकोला पोलिटसँगको भेटमा उनले नेपाली नागरिका लागि एस्ट्राजेनेकाको खोप उपलब्ध गराइदिन अनुरोध गरेको जनाइएको छ।

सो अवसरमा दुई देशबीचको आपसी सम्बन्ध, कोभिड–१९ विरुद्धको लडाइँमा परस्पर सहयोग आदानप्रदानबारे पनि छलफल भएको बताइएको छ।

प्रकाशित मिति: १४:२५ बजे, बिहीबार, जेठ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्