योजना आयोगको उपाध्यक्षमा पुष्पराज कँडेल पुनः नियुक्त
काठमाडौं, जेठ ६ : सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा. डा पुष्पराज कँडेल पुनः नियुक्त गरेको छ। बिहीबार प्रधानमन्त्री केपी ओलीसमक्ष शपथ ग्रहण गर्दै...
काठमाडौं, जेठ ६ : सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा. डा पुष्पराज कँडेल पुनः नियुक्त गरेको छ। बिहीबार प्रधानमन्त्री केपी ओलीसमक्ष शपथ ग्रहण गर्दै कँडेलले पदबहाली गरेका हुन् ।
कँडेलसँगै डा. कृष्णप्रसाद ओली, उषा झा र मीनबहादुर शाही सदस्यमा पुनः नियुक्त भएका छन्। तीनजनालाई सदस्यमा सबै दोहोर्याउँदा यसअघि सदस्य रहेका रामकुमार फुयाल र दिलबहादुर गुरुङ भने पुनः नियुक्त भएका छैनन्।
प्रकाशित मिति: १४:०४ बजे, बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











