Kathmandu Press

कोरोना खोप सकिँदै, थप आयात अझै अनिश्चित

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं प्रेससँग भने,  ‘हामीले फाइजर र मोडर्नाबाहेक सबै खोप वितरकहरूसँग छलफल गरिरहेका छौँ। तर कुन खोप कहिले आउने भन्ने निश्चित भइसकेको छैन।’
कोरोना खोप सकिँदै, थप आयात अझै अनिश्चित

काठमाडौं, जेठ ६ : सरकारले चीन र भारतलगायत विभिन्न मुलुकबाट कोरोना विरुद्धको खोप ल्याउने तयारीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

अहिले नेपालमा प्रयोग भइरहेको भारतीय खोप कोभिसिल्ड र चिनियाँ खोप भेरोसेल कम हुन थालेपछि चीन, भारत, रसियालगायत देशबाट खोप ल्याउने तयारी भइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

Hardik ivf

 ‘अहिले भारतको कोभिसिल्ड र कोभ्याक्सिन, चीनको सिनेपर्म, रसियाको स्पुतनिक भी, बेलायतको एस्ट्राजेनेकालगायत खोप ल्याउन सबैसँग छलफल गरिरहेका छौँ,’ डा. गौतमले भने ।

उनले काठमाडौं प्रेससँग भने,  ‘हामीले फाइजर र मोडर्नाबाहेक सबै खोप वितरकहरूसँग छलफल गरिरहेका छौँ। तर कुन खोप कहिले आउने भन्ने निश्चित भइसकेको छैन।’

सबै खोप वितरक कम्पनीहरूसँग ५०/५० लाख डोज पठाउन माग गरेको उनले बताए। यस्तै निजी खोप आयातको हकमा भने यसको व्यवस्थापनको जिम्मा औषधि व्यवस्था विभागलाई दिईएको उनको भनाइ छ।

‘सरकार र सरकारबीचको समन्वय (जिटुजी प्रोसेस) मा ल्याइने खोपका सबै प्रक्रिया सरकारले नै गर्छ । तर व्यक्तिगत रुपमा ल्याइने खोपको हकमा औषधि व्यवस्था विभागबाट प्रक्रिया हुन्छ,’ उनले काठमाडौं प्रेससँग भने,  ‘व्यक्तिगत रुपमा खोप ल्याउनेको हकमा चीन वा अन्य राष्ट्रको खोप औषधि व्यवस्था विभागमा दर्ता गराउनुपर्छ। खोप दर्ता भइसकेपछि अन्य प्रक्रिया अगाडि बढ्छ।’

प्रकाशित मिति: १४:०० बजे, बिहीबार, जेठ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्