चितवनमा कोरोनाबाट नौ जनाको मृत्यु
चितवन, जेठ ६ : कोरोना भाइरसको सङ्क्रमणका कारण जिल्लामा नौ जनाको मृत्यु भएको छ।यहाँका भरतपुर अस्पताल, चिवतन मेडिकल कलेज, पुष्पाञ्जली अस्पताल, पुरानो मेडिकल...
चितवन, जेठ ६ : कोरोना भाइरसको सङ्क्रमणका कारण जिल्लामा नौ जनाको मृत्यु भएको छ।
यहाँका भरतपुर अस्पताल, चिवतन मेडिकल कलेज, पुष्पाञ्जली अस्पताल, पुरानो मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत उनीहरुको मृत्यु भएको हो ।
भरतपुर अस्पतालमा दुई, क्यान्सर अस्पतालमा तीन, पुरानो मेडिकल कलेजमा दुई, चितवन मेडिकल कलेजमा एक र पुष्पाञ्जली अस्पतालमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन चितवनका रहेका छन् भने अन्य बाहिरी जिल्लाका हुन्।
प्रकाशित मिति: १३:२६ बजे, बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











