Kathmandu Press

बाइडेनले हटाए रुस ग्यास पाइपलाइनमाथि लगाइएको प्रतिबन्ध 

वासिङटन, जेठ ६ : अमेरिकी राष्ट्रपति जो बाइडेनले रुस र जर्मनीबीचको विवादास्पद ग्यास पाइपलाई निमार्ण गर्ने कम्पनीलाई लगाएको प्रतिबन्ध हटाएका छन् । राष्ट्रपति बाइडेनले बुधबार...
बाइडेनले हटाए रुस ग्यास पाइपलाइनमाथि लगाइएको प्रतिबन्ध 

वासिङटन, जेठ ६ : अमेरिकी राष्ट्रपति जो बाइडेनले रुस र जर्मनीबीचको विवादास्पद ग्यास पाइपलाई निमार्ण गर्ने कम्पनीलाई लगाएको प्रतिबन्ध हटाएका छन् । 

राष्ट्रपति बाइडेनले बुधबार रुसको नर्ड स्ट्रीम २ परियोजनामाथि लगाइएको प्रतिबन्ध हटाएका हुन्।  

Hardik ivf

त्यस्तै, नर्ड स्ट्रीम २ परियोजनाका कार्यकारी प्रमुख मतियास वार्निगमाथि लगाइएको प्रतिबन्ध पनि हटाइएको छ जो रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगीको रुपमा परिचित छन् ।  

बुधवार, अमेरिकाको शीर्ष कुटनीतिज्ञले आइसल्याण्डमा आयोजित अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा रुसी समकक्षीसँग भेटवार्ता गरेका थिए। 

क्रिम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकाले रुसी कम्पनीमाथि लगाएको प्रतिबन्ध हटा्उनु ‘सकरात्मक संकेत’ रहेको बताएका छन्।

‘रुस र अमेरिकाबीच गम्भीर मतभेद छ तर जहाँ हाम्रो रूचीहरु एक अर्कासंग ठोकिन्छ त्यहाँ मिलेर काम गर्नुपर्छ,’ रुसका विदेशमन्त्री सेर्गेई लाभ्रोभले भने, ‘ बाइडेन अमेरिका र रुसबिचको सम्बन्ध पूर्वानुमान योग्य र स्थिर चाहन्छन् ।’ 

प्रकाशित मिति: ११:०५ बजे, बिहीबार, जेठ ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्