कास्कीमा जेठ १४ गतेसम्म निषेधाज्ञा

पोखरा, जेठ ६ : कोभिड –१९ संक्रमणको दर तीव्र रुपमा फैलिएपछि कास्कीमा थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ।
कोरोना रोकथाम तथा नियन्त्रणका कार्य प्रभावकारी रुपमा सञ्चालन थप एक साता निषेधाज्ञा जारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जारी गरेको सूचनामा जनाइएको छ। बुधबारदेखि राति १२ बजेदेखि थपिएको निषेधाज्ञा जेठ १४ गते राति १२ बजेसम्म लागू हुने जनाएको छ।
यो अवधिमा सवारी साधान चलाउन पाइनेछैन। त्यस्तै, अत्यावश्यक काममा बाहेक हिडडुल गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रकाशित मिति: ०६:५६ बजे, बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











