Kathmandu Press

गुठी विधेयक फिर्ता लिने सरकारको निर्णय

काठमाडौं, असार ३ : चौतर्फी दबाब बढेपछि अन्ततः सरकारले गुठी विधेयक फिर्ता लिने निर्णय गरेको छ। 

भूमि व्यवस्था, सहकारी तथा गरिब....

गुठी विधेयक फिर्ता लिने सरकारको निर्णय

काठमाडौं, असार ३ : चौतर्फी दबाब बढेपछि अन्ततः सरकारले गुठी विधेयक फिर्ता लिने निर्णय गरेको छ। 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी गुठी विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन्।

गुठी विधेयकलाई लिएर सर्वसाधारणमा भ्रम सिर्जना गर्ने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोशिश भएकाले सरोकारवालासँग थप छलफल र परामर्श गर्न आवश्यक देखिएकाले विधेयक फिर्ता लिने निर्णयमा पुगेको मन्त्री अर्यालले जानकारी दिइन्।  गुठी विधेयक राष्ट्रियसभामा दर्ता भइसकेको थियो।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भूमि व्यवस्था मन्त्री अर्याल र काठमाडौं उपत्यकाबाट निर्वाचित सांसद तथा जनप्रनिधिहरुसँग गुठी विधेयकका विषयमा छलफल गरेका थिए।

छलफलमा सहभागी अधिकांश सांसद तथा जनप्रतिनिधिहरुले गुठी विधेयक फिर्ता लिन प्रधानमन्त्री ओलीलाई सुझाएका थिए। प्रधानमन्त्री ओलीले मन्त्रिपरिष बैठकमा गुठी विधेयकबारे छलफल गरेर निर्णयमा पुग्ने जानकारी गराएका थिए। 
 

प्रकाशित मिति: १६:५७ बजे, मंगलबार, असार ३, २०७६