देशभरका ३० अस्पतालबाट कोभिडको उपचार निःशुल्क (सुचीसहित)
काठमाडौं, जेठ ५ : सरकारले देशभरका ३० वटा निजी अस्पताल र मेडिकल कलेजबाट निःशुल्क कोभिड उपचार गर्ने भएको छ ।मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले...
काठमाडौं, जेठ ५ : सरकारले देशभरका ३० वटा निजी अस्पताल र मेडिकल कलेजबाट निःशुल्क कोभिड उपचार गर्ने भएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले देशभरिका सरकारी तथा निजी अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालनका लागि सम्झौता गरिएको र ती अस्पतालमा सङ्क्रमितले निःशुल्क उपचार पाउने जानकारी दिए ।
प्रदेश नं १ मा एक, प्रदेश नं २ मा दुई, वाग्मती प्रदेशमा १७, गण्डकी र लुम्बिनी प्रदेशमा दुईदुई तथा सुदूरपश्चिम प्रदेशमा छ अस्पताल रहेका छन् ।
ती अस्पतालमा संक्रमण र सामान्य लक्षण भएका बिरामीको उपचार गरिन्छ । मन्त्रालयसँग सम्झौता गरेका ३० अस्पतालहरूले संक्रमितको उपचारको खर्च विवरण स्वास्थ्य मन्त्रालयलाई बुझाउनुपर्ने हुन्छ ।

प्रकाशित मिति: १८:३९ बजे, बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











