Kathmandu Press

डुबेर एक बालिका र एक युवतीको मृत्यु

सप्तरी, जेठ ५ : सप्तरीको कञ्चनरुप नगरपालिकामा एक बालिका र एक युवतीको आज (बुधबार) पोखरीमा डुबेर मृत्यु भएको छ।सोही नगरपालिका वडा ९ बस्ने...
डुबेर एक बालिका र एक युवतीको मृत्यु

सप्तरी, जेठ ५ : सप्तरीको कञ्चनरुप नगरपालिकामा एक बालिका र एक युवतीको आज (बुधबार) पोखरीमा डुबेर मृत्यु भएको छ।

सोही नगरपालिका वडा ९ बस्ने रामकृष्ण सरदारकी छोरी २० वर्षीया युवती कुन्ती र सोही ठाउँका इन्दल सरदारकी छोरी १२ वर्षीया बालिका रोशनीको डुबेर मृत्यु भएको हो।

रोक्दा रोक्दै घरबाट निक्लेकी छोरीको घर नजिकैकौ पोखरीमा डुबेर बाहिर ननिक्लिएको खबर आएको रोशनीकी आमा मञ्जुले बताइन्। पोखरीबाट निकालेर राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएर परीक्षण गराउँदा चिकित्सकले मृत घोषणा गरेको उनले जानकारी दिइन्।

शवलाई पोस्टमार्टमका लागि अस्पतालकै शवगृहमा राखिएको  जनाइएको छ।

प्रकाशित मिति: १७:५१ बजे, बुधबार, जेठ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्