कोरोनाको नयाँ भेरियन्ट : बन्द कोठामा हावाबाट समेत सर्न सक्छ
काठमाडौं, जेठ ५ : नयाँ प्रजातिको कोरोना भाइरस सर्ने दर उच्च रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई थप सतर्क रहन आग्रह गरेको...
काठमाडौं, जेठ ५ : नयाँ प्रजातिको कोरोना भाइरस सर्ने दर उच्च रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई थप सतर्क रहन आग्रह गरेको छ।
श्वासप्रश्वासका क्रममा सर्ने भएकाले संक्रमित व्यक्तिले खोक्दा वा हाँच्छ्यु गर्दा निस्किएको छिटाको सम्पर्कमा आउँदा संक्रमण सर्ने सम्भावना अत्यधिक रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
उनले नियमित प्रेस ब्रिफिङका क्रममा कुनै व्यक्तिले खोक्दा वा हाँच्छ्यु गर्दा निस्किएको छिटा धेरै टाढासम्म नपुग्ने भए पनि बन्द कोठामा बस्दा कोरोना संक्रमण सर्ने सम्भावना धेरै हुने जानकारी दिए।
‘हावा सजिलै लै ओहोरदोहोर हुन नसक्ने बन्द कोठामा संक्रमितभन्दा टाढा रहँदा पनि संक्रमण सर्न सक्छ,’ उनले भने।
यस्तै कोरोनाको नयाँ भेरियन्ट बी.१.६१७ को पनि तीन प्रजाति रहेको मन्त्रालयले जनाएको छ। ती बी.१.६१७.१, बी.१.६१७.२ र बी.१.६१७.३ हुन्। नयाँ प्रजातिको कोरोना भाइरस विगतको तुलनामा धेरै नै संक्रामक हुनुका साथै जटिलसमेत रहेको डा. गौतमले बताए।
यस्तै खोप नलगाउने व्यक्तिको तुलनामा खोप लगाएका व्यक्तिमा यसले कम असर गरेको भन्दै सबैलाई आफूलाई पायक पर्ने केन्द्रमा गई खोप लिनसमेत उनले आग्रह गरे। साथै यसबाट बच्न तोकिएको जनस्वास्थ्यका मापदण्डको पालना गर्न पनि उनले सुझाए।











