Kathmandu Press

उपत्यकामा २४८६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा २ हजार ४८६  जनामा कोरोना संक्रमित थपिएका छन् । जसमध्ये भक्तपुरमा २२८, ललितपुरमा २७० र काठमाडौंमा १ हजार ९८८ जना छन् ।
उपत्यकामा २४८६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ ५ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४८६  जनामा कोरोना संक्रमित थपिएका छन् । जसमध्ये भक्तपुरमा २२८, ललितपुरमा २७० र काठमाडौंमा १ हजार ९८८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

यस्तै पछिल्लो २४ घण्टामा देशभर ८१७३ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार ७ हजार ९८९ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २४६ को मृत्यु भएको छ । 

प्रकाशित मिति: १६:४९ बजे, बुधबार, जेठ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्