Kathmandu Press

आक्रममण र कारबाहीमा दुई अफगान सेना र सत्र तालिबानी लडाकु मारिए

आक्रममण र कारबाहीमा दुई अफगान सेना र सत्र तालिबानी लडाकु मारिए

काबुल, जेठ ५ : अफगानिस्तानका दुई प्रान्तमा मंगलबार राति भएका आक्रमण र कारबाहीका क्रममा दुई अफगान सेना र १७ जना तालिबान मारिएका छन्।

मंगलबार राति अफगानिस्तानको दक्षिणी प्रान्त कुन्दुजमा अफगानिस्तानको राष्ट्रिय सुरक्षा फोर्सको शिविरमा तालिबानहरुले नै आक्रमण गरेका थिए। त्यही क्रममा अगानिस्तानको सेनाका दुई सदस्य मारिएको र केही अफगान सैनिक घाइते भएको सो प्रान्तका एक अधिरकारीले जानकारी दिए।

Hardik ivf

सो आक्रमणपछिको कारबाहीमा परेर तीनजना तालिबान लडाकू पनि मारिए। त्यस क्रममा राति दोहोरो भिडन्त भएको थियो। भिडन्तमा परेर अरु केही तालिबानी लडाकू घाइते पनि भएका बताइएको छ।

त्यस्तै अर्को बादखसानमा अफगान सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा १४ तालिबानी लडाकू मारिएका छन्। सो क्षेत्रमा अफगान सेनाले तालिबानको खोजीका लागि अभियान चलाएको बताइएको छ।

त्यस क्षेत्रमा केही समययतादेखि तालिबानविरुद्ध खोजी अभियान सञ्चालन भइरहेको अफगान सेनाले जनाएको छ। बादखसान प्रान्तको अर्घानचोखमा भएको कारबाहीका क्रममा १४ जना तालिबान मारिएका उक्त प्रान्तका सैनिक प्रवक्ताले जानकारी दिएका छन्।

त्यस कारबाहीमा परी अरु चार जना तालिबान लडाकू र दुई जना सुरक्षाकर्मी पनि घाइते भएका बताइएको छ। उक्त क्षेत्रमा आइएस अतिवादीहरुका क्रियाकलापहरुमा बृद्धि भएको समाचारका आधारमा सेनाले हवाई कारबाही गरेको थियो।

प्रकाशित मिति: १६:३३ बजे, बुधबार, जेठ ५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्