ब्राजिलमा कोभिड १९ बाट ४ लाख ३९ हजारभन्दा बढीको मृत्यु
रियो डे जेनेरियो, जेठ ५ : ब्राजिलमा कोभिड १९ बुधबार कोरोना भाइरस सङ्क्रमणको कारण थप २ हजार ५ सय १३ जनाको मृत्यु भएको...
रियो डे जेनेरियो, जेठ ५ : ब्राजिलमा कोभिड १९ बुधबार कोरोना भाइरस सङ्क्रमणको कारण थप २ हजार ५ सय १३ जनाको मृत्यु भएको छ ।
योसँगै यहाँका नागरिकको कोरोना संक्रमणबाट बाट मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार ५० जना पुगेको छ । गत २४ घण्टामा ब्राजिलमा ७५ हजार जनाभन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ ।
ब्राजिलमा कुल संक्रमितको संख्या १ करोड ५७ लाख ३२ हजार पुगेको पनि यहाँको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।
ब्राजिलको साओ पाउलोे सबभन्दा बढी कोरोना भाइरस प्रभावित राज्यको रुपमा रहेको पनि सो समाचारमा जनाइएको छ । विश्वमा कोरोना भाइरस संक्रमणको कारण सबैभन्दा बढी ज्यान गुमाउने राष्ट्रको रुपमा ब्राजिल हाल दोस्रो स्थानमा रहेको छ ।
प्रकाशित मिति: १६:२३ बजे, बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












