Kathmandu Press

कांग्रेस प्रवक्ता विश्वप्रकाशको प्रश्न- सभामुखज्यू! प्रश्न अघि हुन्छ कि जवाफ? 

काठमाडौं, असार ३: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सभामुख कृष्णबहादुर महरालाई प्रश्न अघि हुन्छ कि जवाफ भन्ने प....

कांग्रेस प्रवक्ता विश्वप्रकाशको प्रश्न- सभामुखज्यू! प्रश्न अघि हुन्छ कि जवाफ? 

काठमाडौं, असार ३: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सभामुख कृष्णबहादुर महरालाई प्रश्न अघि हुन्छ कि जवाफ भन्ने प्रश्न गरेका छन्। 

कांग्रेसले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्न नदिएर गलत संसदीय नजिर बसाएको आरोप सत्तारुढ दलका सांसदहरुले लगाइरहेका बेला कांग्रेस प्रवक्ता शर्माले सभामुख महरालाई प्रश्न अघि हुन्छ कि जवाफ भनेर सोधेका हुन्।

शर्माले समुन्नत लोकतन्त्रमा प्रश्न, जिज्ञासा र जनआवाज पहिले सुनिने बताएका छन्। उनले ट्वीटमा लेखेका छन्,'पूर्व शिक्षक सभामुखलाई प्रश्न(प्रश्न अघि हुन्छ कि जवाफरु समुन्नत लोकतन्त्रमा प्रश्न,जिज्ञासा र जनआवाज पहिले सुनिन्छ विदेश फर्केपछि औपचारिक रुपले संसदमा प्रतिपक्षमार्फत सडकका आवाज सुनेर सम्बोधन गर्नु प्रधानमन्त्रीको कर्तव्य हो। 'ब्रम्ह ज्ञानी' होइन।' 

मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिपक्षी दलका नेताभन्दा पहिले बोल्न दिएको भन्दै कांग्रेसले संसद बैठकमा अवरोध गरेको थियो। प्रधानमन्त्री ओली संसदलाई सम्बोधन गर्न रोष्टममा गएपछि कांग्रेसका सांसदहरुले प्रतिपक्षी दलका नेताले बोलेपछि मात्रै प्रधानमन्त्री बोल्नु पर्ने भन्दै अवरोध गरेका थिए। कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित भएको थियो। 
 

प्रकाशित मिति: १६:४१ बजे, मंगलबार, असार ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्