Kathmandu Press

सभापति देउवाद्वारा नेता मल्लको निधनप्रति दुःख व्यक्त

काठमाडौं, जेठ ५ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य, महासमिति सदस्य तथा गण्डकी प्रदेशसभा सदस्य भागवत प्रकाश मल्लका...
सभापति देउवाद्वारा नेता मल्लको निधनप्रति दुःख व्यक्त

काठमाडौं, जेठ ५ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य, महासमिति सदस्य तथा गण्डकी प्रदेशसभा सदस्य भागवत प्रकाश मल्लका पिता गजिन्द्र प्रकाश मल्लको निधनप्रति दुःख व्यक्त गरेका छन्।

सभापति देउवाले आज (बुधबार) शोक वक्तव्यर्फत उनको मंगलबार निधनको खबरले आफूलाई मर्माहत बनाएको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन्। मल्ल जिल्ला विकास समिति स्याङ्जाका पूर्वसदस्यसमेत हुन्।

मल्लले कांग्रेसको सङ्गठन निर्माण र नेपालका लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै सभापति देउवाले उनको निधनबाट पार्टीले  अग्रज अनुभवी व्यक्तित्वलाई गुमाएको बताएका छन्। सामाजिक र विकास निर्माणका क्षेत्रमा समेत मल्लको सक्रिय योगदान थियो।

प्रकाशित मिति: १५:४५ बजे, बुधबार, जेठ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्