Kathmandu Press

ट्रेकिङ गएका एक जनाको हिउँमा चिप्लेर मृत्यु

काठमाडौं, जेठ ५ : सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–४ को बेशक्याम्प २ मा पुगेर आधार शिविरतर्फ फर्कने क्रममा हिउँमा चिप्लेर एक जनाको मृत्यु भएको छ ।मंगलबार...
ट्रेकिङ गएका एक जनाको हिउँमा चिप्लेर मृत्यु

काठमाडौं, जेठ ५ : सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–४ को बेशक्याम्प २ मा पुगेर आधार शिविरतर्फ फर्कने क्रममा हिउँमा चिप्लेर एक जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान आधार शिविरबाट फर्कँदै गरेका सङ्खुवासभा याफुका २८ वर्षीय पेम्बा टासी शेर्पाको हिँउमा चिप्लिएर मृत्यु भएको हो।

मृतक शेर्पाको शव उनकै साथीहरूले उद्धार गरी आधार शिविरमा राखेका छन्। शवलाई हेलिकप्टरमार्फत् लुक्लातर्फ लैजाने पहल भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: १३:४६ बजे, बुधबार, जेठ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्