इजरायल र गाजाबिच भइरहेको द्वन्द्व अन्त्य गर्न फ्रान्सले अमेरिकालाई दियो दवाब

पेरिस, जेठ ५ ः इजरायल र प्यालेस्टाइनी शहर गाजाबीच भइरहेको द्वन्द्व अन्त्य गर्न फ्रान्सले संयुत्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा अमेरिकालाई दबाव दिएको छ।
मंगलाबार संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा फ्रान्सले अमेरिकालाई इजरायल–गाजा द्वन्द्वमा सार्वजनिक रूपमा युद्धविरामको लागि आह्वान गर्न दबाब दिएको हो ।
फ्रान्सले बैठकमा इजिप्ट र जोर्डनसँग समन्वय गरी इजरायल–प्यालेस्टाइन द्वन्द्व अन्त्य गर्न सकिने भन्दै मस्यौदा प्रस्तुत गरेको थियो।
मंगलबारको बैठकमा अमेरिकी राजदुत लिन्डा थोमस ग्रीनफिल्डले भनिन्, ‘हामीले सार्वजनिक रुपमा अहिले गरेको घोषणाले दुई देशबिच चलिरहेको द्वन्द्वलाई अनत्य गर्न सहयोग पु¥याउँदैन । त्यसैले, निर्णय गर्नुपूर्व केही समय पर्कनुपर्ने आवश्यकता रहेको छ ।’
संयुक्त राष्ट्रसंघका लागि चीनका राजदूत झाङ जुनले उनको टोलीले फ्रान्सेले गरेको युद्धविरामको प्रस्ताव सुनेको र चीन यस प्रस्तावको समर्थनमा रहेको बताएका छन् ।
हालसम्म, इजरायली हवाई आक्रमणमा परि दुई सय १७ जना प्यालेस्टाइनीको मृत्यु भएको छ जसमा ६३ जना बालबालिका रहेका छन् । त्यस्तै, द्वन्द्वमा परी एक हजार चार सय भन्दाबढी मानिस घाइते भएका छन् । ७२ हजार प्यालेस्टाइनीहरु बेघर भएका छन्।
त्यस्तै, इजरायलमा हामास समुहको आक्रमणमा परि १२ जनाको मृत्यु भएको छ।












