Kathmandu Press

चीनमा हुने शीतकालीन ओलम्पिक बहिष्कार गर्न अमेरिकाको आह्वान 

वासिङटन, जेठ ५ : सन् २०२२ फेब्रुअरीमा चीनमा हुने शीतकालिन ओलम्पिक बहिष्कार गर्न अमेरिकाले आह्वान गरेको छ। अमेरिकी सदनक्री सभामुख न्यान्सी पेलोसीले चीनले मानवअधिकार उल्लङघन...
चीनमा हुने शीतकालीन ओलम्पिक बहिष्कार गर्न अमेरिकाको आह्वान 

वासिङटन, जेठ ५ : सन् २०२२ फेब्रुअरीमा चीनमा हुने शीतकालिन ओलम्पिक बहिष्कार गर्न अमेरिकाले आह्वान गरेको छ। 

अमेरिकी सदनक्री सभामुख न्यान्सी पेलोसीले चीनले मानवअधिकार उल्लङघन गरेको भन्दै आगामी वर्ष बेइजिङमा हुने शीतकालीन ओलम्पिक बहिष्कार गर्न आग्रह गरेकी हुन्। 

यद्यपि खेलाडीहरुले उक्त ओलम्पिकमा भाग लिने छन् तर पेलोसीले अमेरिकाले कुटनितीक रुपमा आफ्नो उपस्थिती बहिष्कार गर्ने बताएकी छन् ।

‘अमेरिकी प्रमुखलाई चीन पठाएर चिनियाँ सरकारको सम्मान गर्न नदेऔं, पेलोसिले भनिन्, ‘अमेरिकी प्रमुखलाई चीनमा भएको नरसंहारको विषयमा थाहा हुँदाहुँदै पनि ओलम्पिकमा आफ्नो उपस्थिती जनाउँदा अन्तराष्ट्रिय समाजले मानव अधिकार उल्लङघनको विषयमा प्रश्न गर्दा तपाईले के नैतिक आधारमा फेरी मानव अधिकारको विषयमा बोल्न सक्नुहुन्छ?’

पेलोसिको जवाफमा, वासिङटनस्थित चिनियाँ दुतावासका प्रवक्ता लियू पेनग्युले भने, ‘मलाई आश्चर्य लाग्छ किन केही अमेरिकी राजनीतिज्ञले उनीहरूसँग वास्तवमै तथाकथित ‘नैतिक अधिकार’ छ भन्ने सोच्नछन् ? मानवअधिकारका मुद्दाहरुमा तिनीहरु चीनविरूद्ध निराधार आलोचना गर्ने स्थितिमा छैनन् ।’ 

प्रकाशित मिति: ११:०६ बजे, बुधबार, जेठ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्