Kathmandu Press

गाउँपालिका उपाध्यक्षसहित १० यात्रु बोकेको जीप कर्णालीमा बेपत्ता

हुम्ला, असार ३ : हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष चढेको यात्रुबाहक बोलेरो जीप कर्णाली नदीमा खसेको छ।

मंगलबार दिउँसो खार्पुनाथ गा....

गाउँपालिका उपाध्यक्षसहित १० यात्रु बोकेको जीप कर्णालीमा बेपत्ता

हुम्ला, असार ३ : हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष चढेको यात्रुबाहक बोलेरो जीप कर्णाली नदीमा खसेको छ।

मंगलबार दिउँसो खार्पुनाथ गाउँपालिकाबाट सदरमुकाम सिमकोट आउने क्रममा यात्रुबाहक बोलेरो कर्णाली नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार, लु १ क ७१६६  नम्बरको बोलेरो खार्पुनाथ गाउँपालिका–५ बेलरुख नजिकैबाट साढे १२ बजे कर्णालीमा खसेको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए।

खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बोलेरोमा गाउँपालिका उपाध्यक्ष सिन्धु शाही हमाल रहेको बताए। उनका अनुसार, बोलेरामा उपाध्यक्ष हमाल, उनका छोरा र अन्य यात्रु रहेका थिए।

हुम्लाकाे खार्पुनाथ गाउँपालिका।

बोलेरोमा कति जना थिए भन्ने एकीन भएको छैन। जिल्ला प्रहरी कार्यालयका अनुसार, १० देखि १५ जनासम्म रहेका थिए।

जीपको खोजी भइरहेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा खटिएको छ। हेलिकप्टरबाट सुरक्षाकर्मीको टोली घटनास्थलमा पु¥याएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए।

सहायक प्रजिअ पोखरेलले  खार्पु मन्दिरबाट गाउँपालिकाको सदरमुकाम जाँदै गरेको लु १ क ७१६६ नम्वरको बोलेरो जीप बेलरुख नजिकैबाट १२ः४५ बजे कर्णाली नदीमा खसेको बताए।नदीमा खसेको  जीपको खोजी भइरहेको छ।

उद्दारका लागि सदरमुका सिमीकोटबाट पाँच वटा हेलिकोप्टरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई घटनास्थलमा पठाइएको छ। थप जानकारी आउन बाँकी छ।

प्रकाशित मिति: १५:१७ बजे, मंगलबार, असार ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्