Kathmandu Press

अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

चितवन, जेठ ५ : उद्योग सङ्घ चितवनले १० थान अक्सिजन कन्सन्ट्रेटर भरतपुर अस्पताललाई हस्तान्तरण गरेको छ। 

जिल्लाका अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै जाँदा देखिएको अक्सिजन अभावलाई न्यूनीकरणका लागि कन्सन्ट्रेटर खरिद गरेर हस्तान्तरण गरिएको हो। सङ्घका अध्यक्ष राजु पौडेलले अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीलाई ती सामग्री हस्तान्तरण गरेका हुन्। 

सङ्घले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यका साथ कोरोना सङ्क्रमणको दर बढिरहेको वर्तमान अवस्थामा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डअनुसार सामग्री हस्तान्तरण गरिएको हो। सङ्घका अध्यक्ष पौडेलले मानवीय सेवाका लागि सङ्घका तर्फबाट हस्तान्तरण गरिएको अक्सिजन कन्सन्ट्रेटर उपयुक्त ठाउँमा प्रयोग हुनेमा विश्वास व्यक्त गरे।

अस्पतालका अध्यक्ष डा.अधिकारीले विभिन्न सङ्घसंस्थाले स्वास्थ्य सामग्री वितरण गरी मानवीय कार्यमा सहयोग गरिरहँदा पहिलो पटक चितवन उद्योग सङ्घबाट अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण हुँदा आफूहरु निकै खुशी भएको बताए।

प्रकाशित मिति: ०८:०८ बजे, बुधबार, जेठ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्