चक्रवात टाउटेको प्रभाव, कर्णाली र सुदूरपश्चिममा वर्षा
काठमाडौं, जेठ ५ : पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको गुजरातको आसपासमा रहेको चक्रवात टाउटेको प्रभावले देशका केही भागमा वर्षा हुने जल तथा मौसम...
काठमाडौं, जेठ ५ : पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको गुजरातको आसपासमा रहेको चक्रवात टाउटेको प्रभावले देशका केही भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा चक्रवात टाउटेको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका केही भूभागमा वर्षा भइरहेको जनाएको छ। त्यस्तै, प्रदेश २ र प्रदेश १ मा आंशिक बदली रहेको विभागले जनाएको छ।
आज दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।
कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। त्यस्तै, उच्च हिमाली भू–भागका केहि स्थानहरूमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।











