Kathmandu Press

संसद्‍मा बोल्न नपाएका प्रधानमन्त्रीले डाके पत्रकार सम्मेलन

काठमाडाैं, असार ३ : गुठी विधेयकबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍मा बोल्न नपाएपछि पत्रकार सम्मेलन डाकेका छन्।

अपरान्ह ५ बजे प्रध....

 संसद्‍मा बोल्न नपाएका प्रधानमन्त्रीले डाके पत्रकार सम्मेलन

काठमाडाैं, असार ३ : गुठी विधेयकबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍मा बोल्न नपाएपछि पत्रकार सम्मेलन डाकेका छन्।

अपरान्ह ५ बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा पत्रकार सम्मेलन डाकिएको हो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने, ‘पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले सम्बोधन गर्नुहुनेछ। गुठी विधेयक र आफ्नो युरोप भ्रमण लगायत समसामयिक राजनीतिबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको हो।’ 

प्रतिनिधिसभाको आजको बैठक सम्बोधन गर्न गएका प्रधानमन्त्री केपी शर्मा ओली प्रतिपक्षले संसद्को वेल घेराउ गरी नारावाजी गरेपछि रोष्ट्रममा उभिएर त्यसै फर्केका थिए ।

अपरान्ह १२ बजे सुरु भएको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले पहिले प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवालाई बोल्न नदिई प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न समय दिएको भन्दै त्यसको विरोधमा कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको थियो ।

प्रकाशित मिति: १४:२३ बजे, मंगलबार, असार ३, २०७६