गण्डकी प्रदेशमा एकैदिनमा १५ संक्रमितको मृत्यु
काठमाडौं, जेठ ४ : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ ।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार गए...
काठमाडौं, जेठ ४ : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार गए रातिदेखि अहिले सम्ममा तनहु,पर्वत,गुल्मी,स्याङजा,कास्की,मुस्ताङ लगायत जिल्लाका गरी १५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोद बिन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार यो सँगै गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या चार सय २२ पुगेको छ।
प्रकाशित मिति: २०:२६ बजे, मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












