Kathmandu Press

लोकसेवाको विज्ञापनविरुद्धकाे मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं, असार ३ : लोकसेवा आयोगको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमा आज सुनुवाइ हुँदैछ।

लोकसेवा आयोगले देशभरका पाँच सय १५ स्थानीय ....

लोकसेवाको विज्ञापनविरुद्धकाे मुद्दामा आज सुनुवाइ हुँदै
फाइल फोटो

काठमाडौं, असार ३ : लोकसेवा आयोगको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमा आज सुनुवाइ हुँदैछ।

लोकसेवा आयोगले देशभरका पाँच सय १५ स्थानीय तहका लागि नौ हजार एक सय ६१ का लागि आवेदन आह्वान गरेको थियो। त्यो समावेशी सिद्धान्तविपरित भएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो।

अधिवक्ता जगदेव चौधरी र विकास ठाकुरले जेठ २७ गते छुट्टाछुट्टै रिट दायर गरेका थिए। उनीहरू लोकसेवा आयोगको विज्ञापन रोक्न अन्तरिम आदेशको माग गरेका थिए।

त्यसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लोकसेवा आयोगलाई विपक्षी बनाएको थियो।

जेठ २८ मा सर्वोच्च अदालतका हरिकृष्ण कार्कीको इजलासले हेर्न भ्याएको थिएन भने जेठ २९ मा पुरुषोत्तम भण्डारीको इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश दिएको थियो। दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो।

त्यही मुद्दा आज न्यायाधीशद्वय दीपकुमार उपाध्याय र डम्बरबहादुर शाहीको इजलासमा सुनुवाइ हुँदैछ। आज यो मुद्दा चौथो नम्बरमा रहेको छ।

प्रकाशित मिति: ११:१६ बजे, मंगलबार, असार ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्