Kathmandu Press

चक्रवातमा परी मुम्बइमा १२७ जना हराए

 मुम्बइ, ४ जेठ : मंगलबार भारतीय शहर मुम्बइमा चक्रवातमा परी १२७ जना हराइरहेको बताइएको छ। मुम्बइको समुद्रमा आएको टाउकटी नामक चक्रवातका कारण हिन्द महासागरमा...
चक्रवातमा परी मुम्बइमा १२७ जना हराए

 मुम्बइ, ४ जेठ : मंगलबार भारतीय शहर मुम्बइमा चक्रवातमा परी १२७ जना हराइरहेको बताइएको छ। मुम्बइको समुद्रमा आएको ताउकते नामक चक्रवातका कारण हिन्द महासागरमा रहेको एक ठूलो डुंगा डुब्न पुगेको हो । त्यसमा परी कम्तीमा पनि १२७ जना व्यक्ति हराएका बताइएको छ। 

सो डुंगामा २७३ जना यात्रु रहेका भारतीय जल सैनिक संगठनले जनाएको छ। भारतीय जल सैनिकका प्रवक्ताले एक विज्ञप्ति प्रकाशन गरेर दिएको जानकारीमा जल सैनिकले १४६ जनाको सकुशल उद्धार गरेर निकालेको छ। 

सो डुंगामा रहेका अरु १२७ जना अहिले पनि हराइरहेका बताइएको छ। उनीहरुको खोजी कार्य जारी रहेको बताइएको छ। मुम्बई हाइटको समुद्रमा सो डुंगा रहेका बेलामा मंगलबार टाउकटी नामक चक्रवातले सो क्षेत्रलाई प्रभावित पारेको थियो। 

मंगलबार प्रति घन्टा १८५ किलोमीटरका दरले सो चक्रवात आएको थियो। त्यो चक्रवातले भारतका अरु क्षेत्रमा पनि ठूलो असर गरेको छ। भारतको गुजरातको समुद्रिक किनारनजिकै पनि यसले प्रभावित बनाएको छ। कतै यस चक्रवातका कारण पहिरो समेत गएको पनि भारतीय अधिकारीहरुले जानकारी दिएका छन्।  
 

प्रकाशित मिति: १४:१६ बजे, मंगलबार, जेठ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्